एसटिएसमा विद्यार्थीका लागि ‘जुना’को स्पेशल शो

धनगढी : धनगढीको एसटिएस सिनेमा हलमा नेपाली चलचित्र ‘जुना’को स्पेशल शो चलाइएको छ । सिनेमा हलले खासगरी विद्यार्थीका लागि स्पेशल शो चलाएको हो ।

उक्त चलचित्र प्रदर्शनीमा लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

Dengue

नेपाली समाजमा विद्यमान महिला हिँसा र बालविवाह निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको उक्त चलचित्र हेर्न लोटस इङ्लिस बोर्डिङ स्कुलका ३७५ जना विद्यार्थीहरूको उपस्थिति रहेको एसटिएस सिनेमा हलमा म्यानेजर योगेन्द्र नायकले जानकारी दिएका छन् ।

नेपालि समाजको यथार्थ चित्रण गरेर निर्माण गरिएको ‘जुना’ चलचित्रले महिला हिंसा र बाल विवाह लगायतका समस्याबारे नागरिकस्तरमा सचेतना फैलाउने काम गरेको चलचित्रका निर्देशक जीवन सेन्चुरीले बताएका छन् ।

त्यस्तै विद्यार्थी सिकाइका लागि दृश्य सामाग्री अत्यन्तै प्रभावकारी हुने भएकाले एसटिएस सिनेमा हलले विद्यार्थीका लागि स्पेशल सो चलाएको बताएका छन् ।

साथै चलचित्र हेर्न हलमा आएका विद्यार्थीले पनि फिल्म साह्रै राम्रो भएको र उक्त चलचित्र हेरेपछि समाजको अवस्था र सामाजिक समस्याबारे राम्रो सिकाई मिलेको प्रतिक्रिया दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार