ईसेवाले ग्राहकलाई २ लाख रुपैयाँसम्म ऋण दिने

काठमाडौं : भुक्तानी सेवा प्रदायक ईसेवाले अब ग्राहकलाई ऋण दिने भएको छ । बुधबार डिजिटल लन्च इभेन्टमार्फत कम्पनीले ‘ईजी लोन’ सेवा ल्याएको हो ।

ग्राहकले ईसेवामार्फत गर्ने दैनिक कारोबार, रिवार्ड पोइन्ट, ग्राहक ईसेवामा आवद्ध भएको समय र क्याशब्याकको आधारमा कम्पनीले स्कोरकार्ड तयार पारेको छ । यही स्कोरकार्डको आधारमा ग्राहक ऋण पाउन योग्य छन् वा छैनन् भन्ने निर्धारण गरिने कम्पनीले जनाएको छ । त्यसैका आधारमा ग्राहकले ऋण माग गर्न सक्नेछन् ।

Dengue

पहिलो चरणमा कम्पनीले ऋण लिन सकिने सेवा एजेन्टका लागि मात्र उपलब्ध गराएको छ । उनीहरूले आफ्नो स्कोरकार्डका आधारमा बढीमा दुई लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।

यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ । ईसेवाले कर्जा प्रवाह सेवाका लागि कुमारी बैंक लिमिडेट र फोनलोनसँग सहकार्य गरेको छ । 

निकट भविष्यमा सम्पूर्ण प्रयोगकर्ताहरुलाई ‘इजी लोन’ सेवा दिने ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले बताए । ​ईसेवाले आफ्ना प्रयोगकर्ताहरूलाई अनलाइन भुक्तानी बाहेकका अन्य थुप्रै नवीनतम सेवाहरू प्रदान गर्न अग्रसर भएको उनले उल्लेख गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार