दुई मोटरसाइकल आापसमा ठोक्किँदा ३ जना घाइते

डोटी : डोटीमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन् । बुधबार दीपायल सिलगढी नगरपालिका-६ थाप्लामा दुई मोटरसाइकल आापसमा ठोक्किँदा तीन जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका-६ बस्ने २० वर्षका सुवास बानिया, उनकी बहिनी १७ वर्षकी माया बानिया र दीपायल सिलगढी-६ बस्ने १८ वर्षका विकास खत्री रहेका छन् ।

Dengue

बाजुराबाट धनगढी जाँदै गरेका बानियाँले चलाएको सुपप्र०१०१२प ३५३३ नम्बरको मोटरसाइकल र खत्रीले चलाएको बाप्र२०१९प १३४१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका थिए । दुर्घटनामा घाइते भएकी माया जिल्ला अस्पताल डोटीमा उपचारपछि डिस्चार्ज भइसकेकी जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ ।

सुवास र विकासलाई भने थप उपचारका लागि धनगढी रेफर गरिएकामा सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डोटी प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार