बिहीबार नेप्से परिसूचक ६.०१ अंकले बढ्याे !

काठमाडौँ : साताकाे काराेबारकाे अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.०१ अंक बढेको छ ।

परिसुचक ‍०.२० अंकले बढेर २९७४ बिन्दुमा पुगेकाे छ । आज १९ अर्ब १६ करोडको काराेबार भएकाे छ । १३२ कम्पनीको मूल्य बढ्दा १०९ को घट्यो भने ३ को स्थिर रह्यो । आज कारोबार रकमका आधारमा साइन रेसुङ्गा विकास बैंक, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, ज्योति विकास बैंक र अपी पावर क्रमशः अगाडि रहे ।

Dengue

विकास बैंक समूहको सूचक ४.५ प्रतिशत बढ्यो । बैंकिङ ०.१७, फाइनान्स १.२३, होटल तथा पर्यटन १.३१, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.२८ प्रतिशत बढे । ब्यापार १.५५, अन्य ०.३०, निर्जीवन बीमा १.१२, उत्पादन ०.५६ र लगानी समूह १.०८ प्रतिशत घटे । ७ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

त्यस्तै ग्रीन डेभलपमेन्टको ८.१५, महालक्ष्मी विकास बैंकको ६.८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य ३.९, राष्ट्रिय बीमा कम्पनीको ३.७, सगरमाथा जलविद्युतको ३.७ प्रतिशत मूल्य घट्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार