अब सिटिजन्स् बैंक धनगढीको सेवा आफ्नै भवनबाट

धनगढी : विगत लामो समय धनगढीको मेनरोडबाट सेवा प्रदान गर्दै आएको सिटिजन्स् बैंक इन्टरनेशनल अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ ।

सुदुरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय तथा धनगढी शाखा कार्यालय छ लेन सडक खण्ड चौराहा चोक देखी करिब ४५० मिटर अगाडी सरेर सेवा शुरु गरेको आज एक कार्यक्रमका बिच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश राज पोखरेलले जानकारी दिनु भएको हो ।

Dengue

सुदुरपश्चिम प्रदेशमा २०६४ साल देखी नै शाखा बिस्तार गरी सेवा शुरु गरेको सिटिजन्स् बैंक इन्टरनेशनलले छोटो समयमा नै राम्रो छाप छोडी सकेको छ । बैंकले कृुषी, हाईडोपावर होटल पर्यटन लगायत निजी क्षेत्रमा लगानी गर्दै आएको छ ।

राष्ट सेवामा लागेर जिवन निर्वाह गरिरहेका अनुभवी व्यक्तीहरुले संञ्चालन गरी रहेको सिटिजन्स् बैंक इन्टरनेशनलका देशभरमा १९७ शाखा रहेका छन् । यता सुदुरपश्चिममा भने बैंकका शाखा ७ जिल्लामा पुगेको र बाँकी २ जिल्लामा छिट्टै शाखा बिस्तार हुने प्रमुख कार्यकारी अधिकृत पोखरेल जानकारी दिनुभयो ।

हाल सम्म बैंकले १८ लाख ग्राहकलाई जोडिसकेको छ । १९० अर्ब निक्षेप संकलन रहेकोमा १६० अर्ब कर्जा प्रवाह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

40%

आक्रोशित

सम्बन्धित समाचार