काठमाडौं : राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले देशभर डेंगु र हैजाको प्रकोप फैलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले देशभर डेंगुको प्रकोपले जनता हैरान रहेको बताउनु भयो । उहाँले डेंगु प्रकोपको असर, प्रभाव र समस्या कहाँ कहाँ छन् ? त्यसबारेमा सदनलाई जानकारी गराउन आग्रह गर्नुभयो ।
उहाँले हैजा र डेंगु फैलिनुको कारण पत्ता लगाइ संसदमा जानकारी गराउन राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग रुलिङको माग गर्नुभयो ।सांसद पन्तले लामो समयसम्म सरकारको ध्यानाकर्षण गराउनको निम्ति रुलिङ भएपनि सरकारले चासो नदेखाएको आरोप लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्