प्रतिनिधिसभाको बैठक सुरू, सांसदले सोधेका प्रश्नको जवाफ दिदै : प्रधानमन्त्री ओली

काठमाडौं : प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रस्नोत्तर भएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ। धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।

SHIKHAR COOL TECH

त्यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक-२०८१ प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसमेत सम्भावित कार्यसूचीमा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार