सुदुरपश्चिमको धार्मिक स्थल गोदावरी धाम बाढीको चपेटामा

धनगढी : सुदुरपश्चिमको धार्मिक स्थल गोदावरी धाम यतिबेला बाढिको चपेटामा परेको छ । कैलालीको गोदावरी नगरपालिका ४ मा रहेको प्राचीन पुरातत्त्व बोकेको पवित्र धार्मिक स्थल गोदावरी धाम नदी कटानको उच्च जोखिममा परेको हो ।

गोदावरी नदीले वर्षेनी कटान गरिरहँदा नदी किनारामा तटबन्धनको भरमा रहेका पुराना संरचना बाढीको चपेटामा परेपछि अहिले गोदावरी धामको संरक्षणमा चुनौती थपिएको छ । गोदावरी धामको अस्तित्व बचाउन बलियो तटबन्ध आवश्यक रहेको स्थानीयले बताएका छन् ।

SHIKHAR COOL TECH

मन्दिर जाने बाटो नै नदी परेकाले श्रद्धालु भक्तजनहरूलाई आवतजावतमा समेत समस्या हुन थालेको छ । मन्दिर तलबाट बग्ने गोदावरी नदीले लगाईएको तटबन्ध पुरेर बाटो बगाउनुका साथै मन्दिर नै जोखिममा परेका छन् । पञ्चदशनान जुना अखडा शिव भगवती मन्दिरको अवस्था बाढिले खतरामा रहेको छ।

पञ्चदशनान जुना अखडा शिव भगवती मन्दिर व्यवस्थापन समितिका सदस्य भुवन भट्टले गोदावरी धाम पवित्र धामको रूपमा चिनिए पनि नदीको कटानका कारण जोखिममा परेको बताए । उनले नदी कटानबाट गोदावरी धाम बचाउन दुई तिर कंक्रिट तटबन्ध गर्न आवश्यक रहेको बताउदै नदीको कटान रोक्नका लागि कंक्रिट तटबन्ध मात्रै काम लाग्ने उनको बुझाई छ ।

स्थानिय सरकारले तटबन्धका लागि जालीमात्रै उपलब्ध गराएर नहुने भएकाले अब लामो समय सम्मका लागि स्थानिय,प्रदेश र संघिय तिनै सरकार मिलेर संरक्षणका लागि कामगर्न आवश्यक रहेको बताए । उनले गोदावरी धाम क्षेत्रमा विभिन्न मन्दिरहरूका अलग अलग समितिहरू बनाएर टुक्रे बजेट ल्याइँदा गोदावरीको विकास हुन नसकेको बताए ।

गोदावरीको विकासका लागि गोदावरी धाम क्षेत्रका सबै समितिहरूलाई मिलाएर एउटा मात्रै समिति बनाइनुपर्ने उनले बताए ।मन्दिर जाने पुरानो बाटो र मन्दिरमा बस्ने साधुहरूले प्रयोग गर्दै आइरहेको खानेपानीको धारा समेत नदीले कटान गरिरहेको बताउदै महन्त गिरीले हिन्दु जगतको आस्थाको थलोलाई सबैले बचाइदिन आग्रह गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार