साफ यू-२० च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदै

काठमाडौं : काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समूह ए अन्तर्गत नेपाल र बंगलादेशबीच खेल हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुने छ।

नेपाल र बङ्गलादेश समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन्। दुवैले आ-आफ्नो खेलमा श्रीलङ्कालाई पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका हुन्।

Dengue

आजको विजेताले समूह विजेता र उपविजेताको टुङ्गो लगाउने छ। त्यस्तै समूह बी मा भने भारत र भुटानले एक एक खेल जितेका छन्। भारतले भुटानलाई र भुटानले माल्दिभ्सलाई पराजित गरेको छ। अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समूह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुङ्गो लाग्ने भएको छ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बङ्गलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार