अछाममा एक पुरुष मृत अवस्थामा फेला

अछाम : अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। नामरथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

अछामको तुर्माखाँद गाउँपालिका–४ जंगलघाट स्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदिको झोलुङ्गेपुलदेखि अन्दाजी ५० मिटर तल कर्णाली नदिको किनारमा शव फेला परेको प्रहरीले जनाएको हो। सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको अछाम प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार