आफ्नो भवन हुँदाहुँदै किन भाडाको घरमा बस्यो वडा नम्बर ४ को कार्यालय ? के भन्छन वडाध्यक्ष ?

भक्तराज जोशी

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ले अहिले आफ्नै सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरेको छ । वडा कार्यालयले शिवपुरी धाम पछाडी तुलसी चोकमा आफ्नै भवन बनाएको हो ।    

तर आफ्नै भवन निर्माण भइसक्दा पनि वडा कार्यालयले भाडाको घरबाटै सेवा दिंदै आएको छ ।

SHIKHAR COOL TECH

हाल वडा नम्बर ४ को कार्यालय धनगढी-४ उत्तरबेहडि (शिवपुरी धाम) जाने बाटोमा छ । जहाँबाट सेवा प्रवाह गरेबापत वडा कार्यालयले मासिक करिब ७० हजार रुपैयाँ घरभाडा तिर्दै आएको छ ।

आफ्नो भवन हुँदाहुँदै वडा कार्यालयले भाडाको घर नछोडेपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।

आफ्नो भवन नहुँदा भाडाको घरबाट सेवा दिनु स्वभाविक भए पनि हाल आफ्नै भवन बनिसक्दा पनि भाडाको घर नछोड्नु अस्वभाविक भएको स्थानीय हरिदत्त भट्टले बताएका छन् । 

‘आफ्नो भवन नहुँदा भाडाको घरमा बस्नु ठिकै हो, तर आफ्नै भवन बनिसक्दा पनि वडा कार्यालय आफ्नो भवनमा सरेको छैन’, भट्टले भने, ‘आफ्नै भवनबाट सेवा दिनुपर्यो भनेर हामीले वडाध्यक्षलाई दबाब दिएका पनि हौँ तर भोलि सर्ने, अर्को महिना सर्ने भन्दाभन्दै महिनौं बिताइसके ।’  

उनले वडा कार्यालय आफ्नै भवनमा सरेको अवस्थामा घरभाडा तिर्ने पैसा अन्य विकास निर्माणको काममा लगाउन सकिने भन्दै अहिले वडा कार्यालय भाडाको घरमा बसेर फजुलको खर्च भइरहेको बताएका छन् ।

यता वडा अध्यक्ष बुद्दि बहादुर खड्काले भने नयाँ भवनमा केही काम बाँकी रहेकाले सर्न ढिलाई भएको बताएका छन् । उनले नयाँ भवनमा फिनीसिङ्गको काम बाँकी भएकाले आउँदो एकडेढ महिनामा वडा कार्यालय नयाँ भवनमा सर्ने बताएका छन् ।

उनले बाहिरबाट हेर्दा भवन पुर्णरुपमा तयार भएजस्तो देखिए पनि भित्रि रुपमा बिजुली, खानेपानी, फर्निचरको काम बाँकी भएको दाबी गरेका छन् ।  त्यस्तै उनले वडा कार्यालय नयाँ भवनमा सार्न आत्तुर भएको भन्दै केहि समयमै वडाको सेवा नयाँ भवनबाट हुने बताएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार