एक पुरषले हँसियाले घाँटी रेटेर गरे श्रीमतीको हत्या

डोटी : डोटीमा एक पुरषले हँसियाले घाँटी रेटेर आफ्नो श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी ४५ वर्षीया नरु साउदको हत्या गरेका हुन्। 

आज (बुधवार) दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए।

SHIKHAR COOL TECH

श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी भट्टराईले बताए। घटनामा संलग्न साउदलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ। लासलाई पोष्ठमार्टमको लागि जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार