कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

धनगढी : प्रहरीले कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट भन्सार छलिका सामान बरामद गरेको छ । मंगलबार प्रहरीले धनगढी उपमहानगरपालिका – २ बालुवाघाट र टीकापुर नगरपालिका – ८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ५८ हजार ६८० र कञ्चनपुरको भीमदत्त नगरपालिका – ६ ऐठपुरबाट ४ लाख ६हजार २८५ रुपैयाँ बराबर अवैध सामान बरामद गरेको हो ।

धनगढी र टीकापुरबाट चिनी, साबुन, बच्चाको खेलौना, खाने तेल, सुटपिस, धोती, ब्लाउज, कुर्ती, साडी, दोपट्टा लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

यस्तै ऐठपुरबाट सुटपिस, थान कपडा, बच्चाको खेलौना, कस्मेटिकका सामान, चियापत्ति, साबुन, खाने तेल, खुर्सानी, मसला लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार