दार्चुलामा जिप दुर्घटना

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका-८ धौकोट सडक खण्डमा बुधबार दिउँसो जिप दुर्घटना भएको हो । जिल्ला सदरमुकाम खलंगाबाट धौकोटका लागि छुटेको म १ ज २३९ नम्बरको बोलेरो जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा ६ जना सवार रहेकामा दुई जना धौकोट बस्ने ६८ वर्षीया कुडा देवी रैखोला र ५० वर्षीय कम्मानसिंह भाट घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ ।

Dengue

उकालो कच्ची सडकमा ब्रेकले काम नगर्दा जपि पल्टिएको प्रहरीले जनाएको छ । २८ वर्षीय गाडी चालक सुरेश सिह धामीलाई सोधपुछका लागि जिल्ला ल्याउन लागिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार