नेपाली सेनामा जालझेल गर्नेहरु फेल

काठ्माडौं : नेपाली सेनाको सैन्य पदमा लोकसेवा आयोगद्धारा लिइएको लिखित परीक्षामा अनियमितता गर्ने चार परीक्षार्थी निलम्बनमा परेका छन् ।

सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाअन्तर्गत परीक्षा सञ्चालन शाखाले उनीहरुको परीक्षा रद्द गरेको हो । परीक्षाको मर्यादाविपरीत गर्ने उनीहरुलाई एकदेखि दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नदिने निर्णय पनि भएको छ ।

Dengue

आयोगका अनुसार बर्दियाका शैलेन्द्र यादव, जाजरकोटका कृष्णबहादुर थापा, सर्लाहीका जगदिशकुमार चौधरी र धनुषाका प्रवेज आलम शेष यस्तो कारबाहीमा परेका हुन् । शैलेन्द्रले परीक्षामा चिट चोरेको, कृष्णले प्रश्नपत्रसहित बाहिर गएर मोबाइलबाट उत्तर सारेको, जगदिशले मूल कापीको अन्तिम पाना रफ गर्न भनी च्यातेको र प्रवेजले क्यालकुलेटर प्रयोग गरेको पाइएको आयोगले जनाएको छ ।

कृषि विकास बैंकको लेखापाल पदको लिखित परीक्षामा अनियमिता गर्ने एक जनालाई पनि निलम्बनको कारबाहीमा परेका छन् । उत्तरपुस्तिका आफूसँगै लिएर गएका सर्लाहीका भरत साहमाथि कारवाही भएको हो । उनलाई एक वर्षका लागि आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सामेल हुन नपाउने गरी निलम्बन गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार