अछाममा ८ जना जुवाडे पक्राउ

अछाम : अछाममा ८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीका अनुसार हिजो राति जिल्लाको कमलबजार नगरपालिका २ का दुर्गा रावतको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कमलबजार ४ का ३५ वर्षका पदम थापा, कमलबजार २ का ३७ वर्षका खडक विष्ट, कमलबजार ८ का ४५ वर्षका मनबहादुर चलाउने, वडा नम्बर १ बस्ने ४३ वर्षका नरेन्द्र ढकाल, तुर्माखाँद गाउँपालिका ३ बस्ने २६ वर्षका प्रेम नेपाली, ३० वर्षका विमल विक, पञ्चदेवल विनायक नगरपालिका ५ बस्ने २४ वर्षका जगत बहादुर शाही र बाजुराको बुढीगंगा नगरपालिका ६ का ४६ वर्षका शेरबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

उनीहरुलाई ५१ हजार ९७५ नगद, ८ थान स्क्रिन टच मोबाइल, १ थान सादा मोबाइल र २ गड्डी ताससहित पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार