पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने रास्वपाका सभापति लामिछानेले बताए !

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने बताएका हुन् ।

उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको जानकारी दिए । ‘राजनीतिक दल भाग नलिने भन्ने कुरै छैन । कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ । थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं । बल्ल सुरुवात भएको छ’ उनले भने ।

Dengue

देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पदमा रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ भने रिक्त स्थानहरुमा मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि निर्वाचन आयोगले सूचना आह्वान समेत गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार