पानीको वहाव बढ्दै गएपछि हुलाकी सडक खण्ड भत्कियो !

धनगढी : कैलालीमा वर्षाका कारण पानीको वहाव बढ्दै गएपछि हुलाकी सडक खण्ड भत्किएको छ।

जिल्लाको कैलारी गाँउपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडकखण्डमा पानीको वहाव बढेपछि सडकको केही केही भाग भत्किएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। पानीको तहत सडकमाथि पुगेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो। अहिले ७ वटा सवारी साधन समेत जाममा परेका छन्।

Dengue

सो स्थानमा बिआपि खोनपुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गान्धीपराज स्याङताङको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिएको छ।

अबिरल वर्षाका कारण कटैनि नदीको वहाव बढेपछि कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर वस्तीमा २४ घरधुरी डुबानमा परेका छन्। सो बस्तीका १२६ मध्ये १९ घरधुरीका ११६ जना आफ्नै घरको माथिल्लो तला र आफन्तको घरमा बस्न बाध्य भएका छन्।

साथै ५ घरधुरीका १० जनालाई स्थानान्त्रण गरेर ५ नम्बर वडा कार्यालयमा राखिएको छ। अहिले पानीको वहाव घट्दै गएको प्रहरीले जनाएको छ। १० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्ने ४० वर्षीया आसिदेवी चौधरी, ५० वर्षीया समली चौधरी, ५५ वर्षीया सितलदेवी चौधरी, ६८ वर्षी सान्ताराम चौधरी र ७० वर्षीय टीकाराम चौधरीलाई सुरक्षित स्थानमा सारिएको छ। त्यस्तै ५१ वर्षीय रामजशनी चौधरी, ९ वर्षीय रुनम चौधरी, १० वर्षीय साहिल चौधरी, ७० वर्षीया सुरनी चौधरी र ७१ वर्षीय कोल्ला चौधरीलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

वर्षाका कारण कैलालीमा एक सय बढी घर डुबानमा परेका छन्।  बुधबार जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिकालगायत क्षेत्रका करिब एक सय बढी घर डुबानमा परेका छन्। जिल्लाको कैलारी गाउँपालिकामा ७२ घर डुबानमा परेका छन्।

पालिकाका विपद फोकल पर्सन भुवन बखरियाका अनुसार वडा नम्बर ५ र ७ स्थित पुरानो मनकापुरका ३६, जनकपुर र बसन्ताको २५ र भगहाको ११ घर डुबानमा परेका छन्। त्यस्तै गौरीगंगा नगरपालिकाका वडा नम्बर ७, ९ स्थित महादेवा, भगवानपुर, शंकरपुर गाउँका गरी २२ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ सेउकलिया, वडा नम्बर ९ रत्तीपुर क्षेत्रका पनि दर्जनौँ घर डुबानमा परेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार