बाजुरामा करेन्ट लागेर २ जना घाइते

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका–६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका हुन्। घाइते हुनेमा बडीमालिका–६ कोर्धका २९ वर्षीय रुपक बडुवाल र बडीमालिका–४ रिलाका २८ वर्षीय राजेन्द्र नाथ रहेका छन्।

गाउँमा उत्पादन गरिएको कोर्धाली गाड लघुजलविद्युत् आयोजनाको तार मर्मतका लागि पोलमा चढ्ने क्रममा करेन्ट लागेर उनीहरू घाइते भएको बाजुराका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए।

घाइतेमध्ये बडुवाको अवस्था गम्भीर रहेको बताइएको छ। बडुवाललाई थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले रिफर गरेको छ। नाथको स्थानीय अस्पतालमै उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार