५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस दुर्घटना, २८ तीर्थयात्रीको मृत्यु

एजेन्सी : इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस इरानमा दुर्घटना हुँदा कम्तीमा २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४०औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए ।

मंगलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट चेकप्वाइन्ट अगाडि पल्टिएपछि आगलागी भएको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।बुधबार बिहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।  

मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार