वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा अवरुद्ध

जुम्ला : अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । 

उक्त ठाउँमा आएको बाढी पहिरोले बन्द भएको सडक खुलाउने प्रयास भइरहेको छ । विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ। 

Dengue

जोखिमपूर्ण ठाउँमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा वर्षौंदेखि कर्णालीका नागरिकले दुःख पाउने गरेका छन् । सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सवारीसाधन बीच बाटोमा रोकिदा सयौं यात्रु अलपत्रमा परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार