साताको दोस्रो कारोबार, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं : साताको दोस्रो कारोबार दिन (बुधबार)को प्रि ओपन सेसनमा नेप्से परिसूचक १४.६९ अंकले बढेको छ । यसअघिको कारोबार दिन (आइतबार) घटेको नेप्से आजको प्रि सेसनमा दोहोरो अंकले बढेको हो ।

१४.६९ अंकले बढ्दै प्रि ओपन सेसनमा नेप्से २९८१.०३ को बिन्दुमा उक्लिएको छ । यो सेसनमा ५० हजार ८७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ करोड २६ लाख ११ हजार रुपैयाँ बराबरको भयो ।

Dengue

प्रि–ओपन सेसनमा कारोबार भएका ९९ कम्पनीमध्ये ५३ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ । प्रि सेसनमा सबैभन्दा बढी कुमारी बैंकको सेयर किनबेच भएको छ । कुमारीको मात्रै कारोबार रकम २१ लाख २७ हजार रुपैयाँ बराबरको रह्यो ।

लगातार बृद्धिका बीच बिहीबार नेप्से ३ हजारको बिन्दुमा उक्लिएको थियो । यद्यपि, आइतबार तिव्र उतारचढावपछि नेप्से पुनः २९ सयको बिन्दुमा ओर्लियो । यद्यपि, बुधबारको प्रि सेसनमा दोहोरो अंकले बढ्दै नेप्सेमा सकारात्मक संकेत देखिएको छ । नेप्सेले पुनः पुरानै गति लिने सम्भावना बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार