‘तिम्रो बिवाह हुन सक्दैन’ : पारस भट्ट “प्यासी”

सन्तोषको लागि उसको साथिले एकजना  स्टाफ नर्स केटिसँग  विवाहको कुरा लिएर आउनु भयो र स्टाफ नर्स भन्ने बितिक्कै सन्तोष पनि बिहे गर्न राजी भए तर सन्तोषले सन्तोषीसँग प्रेम  जाल बुनेका थिए तर पनि सन्तोषले सन्तोषीको कुनै वास्ता नगरी बिहे गर्ने निर्णय गरे ! साथिले पनि सन्तोषले सन्तोषीलाई  प्रेम गर्छ भन्ने थाहा पाएको हुँदा सन्तोषलाई एकछिन  म सन्तोषीलाई यो यो कुरा बताइदिन्छु के भन्ने त रहेछ भनेर सन्तोष कै अगाडी सबै कुरा सन्तोषीको कानमा  पुगाई दियो एकछिन पछि सन्तोषलाई सन्तोषीको फौन आयो!

एक्कासि प्रेमी सन्तोष  र प्रेमिका सन्तोषी बिच झगडा पर्यो  के मेरो जीवन बेलौना सम्झेको तिमिले? मेरो जीवन खेलौना सम्झेको तिमिले?मेरो जीवन गुडिया सम्झेको तिमिले? सन्तोषीले सन्तोषलाई बेस्सरी थर्काईन्!

Dengue

म पनि मान्छे हुँ यार तैंले कस्ता कस्ता कुरा गर्थिस् , तिमिलाई एकछिन छोड्दिन भन्थिस् , रानी बनाएर राख्छु भन्थिस् आज आएर स्टाफ नर्स पाउँदैछु भन्दैमा  यति लामो समयसम्म गरेको म सँगको प्रेम बिर्सिदैछस् ? 

यो स्टाफ नर्स सँग केटिसँग तिम्रो बिवाह हुनै सक्दैन आज आएर  छोडेर जाँन पाउदैनौँ तिमी म गर्भवती भएकी छु मेरो पेटमा तेरो  बच्चा छ यो ख्याल गर्नु भनेर भनिन् ” सन्तोषले बच्चा मेरो हैन भने तर सन्तोषीले कसरी हैन यो बच्चा तिम्रै हो ” आज भन्दा  तीन महिना पहिले त्यो होटेलमा संगै रहेको रात सम्झनु त भनेर भनीन् ” सन्तोषले आबेगमा आउँदै  झुटा कुरा नगर बच्चा भए  फालीदेउ  भने र सन्तोषीले अहिले फौन राख्छु मेरोमा भौइस प्याक सकिसक्यो भोलि तुरुन्त  मलाई  भेट्नु भनेर आफ्नो प्रेमी सन्तोषलाई भेट्ने ठाउँ बताइन् !

भोलिपल्ट सन्तोष सन्तोषीले भेट्न आउनु भनेको ठाउँमा भेट्न गए तर सन्तोषी त्यहाँ आएन सन्तोषले सन्तोषीलाई फौन गर्नुभयो म तिमिले भनेको ठाउँमा भेट्न आएको तिमि किन नआएको सन्तोषी ?सन्तोषीले जवाफ दिइन तेरो र मेरो सम्बन्ध समाप्त भयो आज देखि मलाई फौन नगर्नु र जुन साथिले तिम्रो लागि स्टाफ नर्सको कुरा लिएर आउनु भएको थियो त्यो सब नाटक थियो साथिलाइ मैले नैं पठाएको हो तिमी कति सम्मको रहेछौ भनेर जाँच गरेको हुँ तर तिमी त एक नम्बर स्वार्थी र धोखेबाज  रहेछौ  तिमी संँग मेरो जीवन बर्वाद हुने रहेछ ” मैले बेलैमा तिमिलाई चिन्ने अबसर पाए  मेरो पेटमा तेरो बच्चा छ, म गर्भवती भएकी छु भन्दा समेत बच्चा फालिदेउ म तिमी सँग बिवाह गर्दैन स्टाफ नर्स सँगै गर्छु भन्यौ ,तिमी त सारै  निर्दय रहेछौ , अब मलाई सम्झिन छोडी देउ भनेर फौन काटी दिइन!

सन्तोषीको घरमा आफ्नो छोराको लागि हात माग्न पारी गाउँबाट मुखिया बा आएका थिए तर सन्तोषीले  सन्तोष सँग प्रेममा परेको हुँदा घरपरिवारलाई  तुरुन्तै बिवाह नगर्ने कुरा बताइन र केही समयपछी आफ्नो प्रेमी सन्तोषको जाँच गरिन् प्रेमी सन्तोषले चित्त दुखाएपछी सन्तोषीले पारी गाउँकै मुखिया बा को छोरा  सँग विवाह गरिन्!

पारस भट्ट “प्यासी”

सुदुरपश्चिम बैतडी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार