मानवअधिकारसहित विभिन्न ६ वटा समितको बैठक आज बस्दै !

काठमाडौं : संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, विकास, आर्थिक मामिला तथा सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानवअधिकार समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ ।

Dengue

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल गरिनेछ ।

यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा समितिको कार्यविधि तथा राज्यका निर्देशक सिद्धान्त र नीतिहरूका सम्बन्धमा छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो पौने ४ बजे बस्नेछ । बैठकमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानवअधिकारको अवस्था सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार