आफ्नै बिद्याथी माथि बाल यौन दुरुपयोग आरोपमा  एक जना शिक्षक पक्राउ

धनगढी : धनगढीमा आफ्नै बिद्याथी माथि बाल यौन दुरुपयोग गरेको आरोपमा  एक जना शिक्षक पक्राउ परेका छन् ।

धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक २२ वर्षीय बिष्णु तिमिल्सेनालाई बाल यौन दुरुयोग गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dengue

तिमिल्सेनाले ३० साउनमा धनगढी उपमहानगरपालिका–१ को पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा आफु पढाउने विद्यालयकी १७ वर्षीया छात्रालाई बोलाएर बाल यौन दुरुपयोग गरेको आरोप छ ।

सोही उजुरीका आधारमा उनलाई पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी छ । तिमिल्सेना बाजुराको त्रिवेणी नगरपालिका–७ घर का स्थायी बासिन्दा हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार