काठमाडौँ : ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । एक बालिकालाई विभिन्न प्रलोभन देखाई पटक-पटक करणी गरेको आरोपमा २७ वर्षीय बीरबहादुर विक पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार विक खाम्लुङको दोभान बजारबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी अनुसार विकले पहिलो पटक गत बैशाख ५ गते, दोस्रो पटक बैशाख ८ तेस्रो पटक साउन २९ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्