‘एक्सिस’ ले ‘पाइला’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : रक व्याण्ड ‘एक्सिस’ ले ‘पाइला’ बोलको आफ्नो नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा बिजु कर्माचार्य र सन्दीप विश्वकर्माको संगीत, रविजंग थापाको शब्द तथा सन्दीपकै स्वर छ

भिडियोमा कविता नेपाली (गुरुङ­) र धिरज गुरुङ फिचर्ड छन् । स्पोर्टस जनराको गीतमा कवितालाई बक्सर र धिरजलाई बक्सर प्रशिक्षकको रुपमा देखाइएको छ । भिडियोमा कविता कुशल बक्सर बन्न संघर्षरत छिन् । भिडियोमा व्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ ।

Dengue

भिडियोमा व्याण्डको दृश्य निर्देशन बिजु कर्माचार्यले गरेका हुन् । व्याण्डको छायांकन निश्चल श्रेष्ठले र भिडियोका कलाकारको डीओपी जेनिस महर्जनले गरेका हुन् । पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) ले निर्माण गरेको भिडियो बालाजुस्थित नेपाल चलचित्र विकास संस्थान (एनएफडीसी) को स्टुडियोमा छायांकन गरिएको हो ।

भिडियोमा गौरव विष्टको सम्पादन र रंग संयोजन तथा स्टिभ देवानका प्रोडक्सन छ । भिडियो एक्सिस अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा मानिसहरुलाई आफ्नो दैनिक जीवनको कामबाट हार नमान्न र जीवनमा जतिसुकै कठिन अवस्था आए पनि सफलताका लागि प्रयास गरिरहन सन्देश दिइएको छ । गीतले असफलताका बाबजुद पनि हार नमानी संघर्ष गरिरहन प्रेरित गरेको छ । व्याण्डमा सन्दीप विश्वकर्मा (संस्थापक र भोकल), अमूल्य श्रेष्ठ (ड्रम), सजिन महर्जन (बास), निखिल सिकर्मी र रोशन लामा (गीतार) सदस्य छन् ।

पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले व्याण्ड ‘एक्सिस’को व्यवस्थापन हेर्दै आएको छ । बिकेश कायस्थको नेतृत्वमा रहेको नेटवर्कमा सुमन महर्जन श्रेष्ठ र स्टिभ देवान सदस्य छन् । नेटवर्कले संगीतका तीन पुस्ताको कार्यक्रम आयोजना गरिसकेको छ । जसमा नेपथ्य, बालेन, पुर्ण राई एण्ड दाजु भाईलगायतका व्याण्ड पर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार