कैलालीबाट चार जना फरार प्रतिवादी पक्राउ

धनगढी : कैलालीमा प्रहीले चार जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरी टोलीले फरार रहेका चार जना युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लागुऔषध मुद्दामा २९ दिन कैद सजाय भएका धनगढी उपमहानगरपालिका-४ बस्ने २६ वर्षका विजय कुमार नेपाली, धनगढी-३ बस्ने २८ वर्षका प्रज्वल न्यौपाने, चोरी मुद्दामा २५ दिन कैद सजाय भएका धनगढी-४ बस्ने २३ वर्षका सुविन भन्ने सुरविर डगौरा र २१ वर्षका राज चौधरी भन्ने राज सिंह रहेका प्रहरीले बताएको छ ।

Dengue

चारै जनालाई उनीहरुकै घर ठेगानाबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार