भन्सार छलीका सामानसहित कैलालीका एक जना पक्राउ

धनगढी : अछामबाट भन्सार छलीका सामानसहित कैलालीका एक जना पक्राउ परेका छन्।

धनगढीबाट अछामको मंगलसैन तर्फ जांदै गरेको ना ५ ख २४७५ नम्बरको बसलाई चेकजाँच गर्दा कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने ३४ वर्षीय माधव बिकले लैजांदै गरेको बिल नभएका कपडासहित बिकलाई पक्राउ गरिएको प्रहरी चौकी चौखुट्टेले जनाएको छ।

Dengue

बिकको साथबाट २ लाख ३ हजार ४५० मूल्य बराबरको ट्रयाक, टि–सर्ट, हाप पाईन्ट, उइनचिटर,  टाउजर लगायतका सामान प्रहरी चौकी चौखुट्टेले नियन्त्रणमा लिइएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार