कोरिया गएकाे ६ महिनामै रहिनन् सोनु, आमा प्रतिमामाथि थपियो बज्रपात

काठमाडौं : इलामको माई नगरपालिका–१ कि प्रतिमा श्रेष्ठमाथि अर्को बज्रपात थपिएको छ । २ महिनाअघि वैदेशिक रोजगारका लागि मलेशिया रहेका श्रीमानलाई गुमाएकी प्रतिमाले अहिले उच्च शिक्षाका लागि कोरिया पुगेकी छोरी गुमाएकी छिन् ।

गत फेब्रुअरीमा विद्यार्थी भिसामा कोरिया गएकी माइली छोरी सोनु श्रेष्ठको कोरियामै मृत्यु भएपछि उनीमाथि २ महिनामै अर्को बज्रपात थपिएको हो । सोनु दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ।

Dengue

निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी सोनु परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए। सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार