बझाङको बुङ्गलमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरुप चार लाख रुपैयाँ दिने घोषणा

बझाङ : बझाङको बुङ्गल नगरपालिका-१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई बुंगल नगरपालिकाले राहत स्वरुप चार लाख रुपैयाँ दिने घोषणा गरेको छ । बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले हिजो सोमबार एक शोक वक्तव्य जारी गर्दै मृतकका परिवारलाई तत्काल राहत स्वरूप १० हजार नगद सहित राहत सामग्री र दाहसँसकारको लागी दाउरा प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

यस अघि सुदूरपश्चिम सरकारले पनि मृतका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति १ लाख रुपयाँ दिने घोषणा गर्नुभएको थियो । आईतबार रातिको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५८ बर्षिय काली देवि धामी , जेठी बुहारी २८ बर्षिय गोल्के धामी , नातिनी ६ बर्षिया आकृति धामी ,र ३ बर्षिय लक्ष्मी धामी गरी चार जनाको ज्यान गएको थियो । बुंगल नगरपालिकाका नगर प्रमुख धामीले पहिरोमा ज्यान गुमाएका प्रति श्रद्धान्जली र मृतका परिवार परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Dengue

साथै उहाँले तत्काल घटना स्थलमा आएर उद्धार तथा राहत कार्यमा सहयोग गर्नुुहुने स्थानीय, नगरपालिकाका जनप्रतिनिधी , सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ,प्रहरी नायक उपरिक्षक र रेडक्रस,विभिन्न संघ संस्था लगायत सम्पुणर्लाइ धन्यवाद समेत व्यक्त गर्नु भएको छ ।

यहि भाद्र २ गते परेको अबिरल बर्षाले राती साढे १२ बजे पहिरो जादा बुङगल नगरपालिका १० टुमेडा टोलका एकै घरका ९ जना र एक जना बा्रहमण गरी १० जना पुरीएका थिए । पहिरोमा परी पुरीएका घरका ४ जनाको मृत्यु भएको थियो भने ५ जना सदस्यको सकुसल उद्धार गरीएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार