गेटामै दुर्घटना, तर गेटा अस्पतालमा किन लगिँदैन बिरामी ?  

भक्तराज जोशी

कैलाली । सोमबार साँझ कैलालीको गेटामा यात्रुवाहक म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किए । कैलालीको गेटा अस्पताल नजिकै म्याजिक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भयो भने ८ जना घाइते भए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कन्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीका ४१ वर्षीय बिस्राम चौधरी छन् भने मोटरसाइकलमा सवार धनगढी-२ का रामप्रसाद चौधरी र म्याजिकमा सवार ७ जना घाइते भए ।

Dengue

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये पनि केहिलाई चटकपुरस्थित माया मेट्रो हस्पिटल लगियो भने केहि घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचार गरियो । तर दुर्घटना भएको स्थान नजिकै रहेको गेटा अस्पतालमा न बिरामी लगियो, न त्यहाँ पनि अस्पताल छ भन्ने सोचियो । आखिर किन ? 

स्थानियका अनुसार १०० शैयासहित संचालनमा आएको गेटा अस्पतालमा राम्रो उपचार पाइन्छ भन्नेमा धेरैलाई विश्वास छैन । किनकि राजनीति र जस/अपजसले गिजोलिएको गेटा अस्पतालमा न सुविधासम्पन्न उपकरण छन्, न दक्ष र प्रयाप्त चिकित्सक । तर, भवन र ठिङ्ग्ग ठडिएका भौतिक पुर्वाधार हेर्दा यस्तो लाग्छ, मानौँ गेटा जति सुविधासम्पन्न अस्पताल देशभरमै सायद होलान ।

तर विडम्बना गेटा अस्पतालकै मुखमा दुर्घटना हुँदा पनि एउटा बिरामीलाई झन्डै १५ / २० किलोमिटर टाढा रहेको सेती प्रादेशिक अस्पताल वा अन्य निजि अस्पताल पुर्याउनुपर्ने बाध्यता छ । 

सोचौँ त, यदी बिरामीलाई १५ / २० किलोमिटर टाढा पुर्याउन लाग्ने समय बचाउन सके के हुन्छ ? यसको सरल जवाफ हो, बिरामीको ज्यान जोगाउन सकिन्छ ।

गेटा अस्पताल फगत एउटा दुर्घटनाका लागि मात्र होइन सारा सुदूरपश्चिमेली आशाको धरोहर पनि हो । त्यसैले गेटा अस्पताललाई पूर्ण रुपमा संचालन गर्न र सुविधासम्पन्न अस्पतालका रुपमा विकसित गर्नेतर्फ अब सम्बन्धित निकायले सोच्नुपर्छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

69%

दु :खी

15%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

सम्बन्धित समाचार