गेटामा ठोक्किए बाइक र म्याजिक, एकको मृत्यु, ८ घाइते 

भक्तराज जोशी

कैलाली । कैलालीमा म्याजिक र मोटरसाइकल ठोक्किएका छन् । सोमबार साँझ कैलालीको गेटामा म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

Dengue

 मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका बिस्राम चौधरी रहेका छन् । उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार धनगढी उपमहानगरपालिका–२ का रामप्रसाद चौधरीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्यस्तै म्याजिकमा सवार ८ जनामध्ये ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ।  हाल प्रहरीले म्याजिक चालक प्रकाश बोहोरालाइ भने नियन्त्रणमा लिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार