‘धनगढीमा रगतको कमि छ तर अभाव छैन’- धरणीधर पन्त 

भक्तराज जोशी

कैलाली । रक्तसंचार सेवा केन्द्र धनगढीका प्रमुख धरणिधर पन्तले धनगढीमा रगतको कमि भए पनि अभाव नभएको बताएका छन् । व्यापक रगत अभावको गुनासोकाबीच उनले बिरामीको चाप बढि हुँदा रगतको कमि भए पनि अभाव नै चाहिँ नभएको बताएका हुन् ।

‘धनगढीमा उपचारका लागि सुदूरपश्चिमका ९ जिल्लाबाटै नागरिक आउँछन, बिरामी धेरै हुँदा स्वाभाविक रुपमा रगतको कमि त हुन्छ नै’, उनले भने, ‘तर अभाव नै चाहिँ छैन । तथापि कहिलेकाहिँ चाहिँ अभाव हुन्छ, संधै हुँदैन ।’

Dengue

जति सोच परिवर्तन भए पनि अझै धेरैजना रक्तदान गर्नबाट डराउने भएकाले बेलाबेलामा रगत अभाव हुने पन्तले बताएका छन् ।

त्यस्तै पन्तले हुँदाहुँदै पनि रेडक्रसले रगत दिंदैन भन्ने हल्ला गलत भएको बताएका छन् । रगतको वैकल्पिक उपाय केही नभएको भन्दै उनले रेडक्रसले भ्याएसम्म र भएजति रगत नागरिकलाई उपलब्ध गराउने दाबी गरेका छन् । ‘हुँदाहुँदै कसले रगत छैन भन्छ र ? रेडक्रससँग स्टकमा जति छ, त्यति रगत उपलब्ध गराउंदै आएका छौँ ‘, उनले भने, ‘स्टकमा रगत नै छैन भने त कसरि दिनु ? त्यसबेला छैन चाहिँ भन्नैपर्छ । तर रगत अभाव हुन नदिन अन्तमा गर्नुपर्ने रक्तदान नै हो ।’     

रगत अभावको अन्त्य गर्न के गर्ने ?

त्यसो त पन्तले रक्तदान गर्ने कम हुँदा रगत अभाव देखिने गरेको बताए । रगत अभावको समस्या समाधान गर्न जतिसक्दो धेरैलाई रक्तदान गर्न प्रेरित गर्नुपर्ने उनको भनाई छ ।

‘रगत फ्याक्ट्रीमा उत्पादन हुँदैन, बजारमा किन्न पाइन्न’, उनले भने, ‘जबसम्म रगत दिने मान्छे आउंदैनन हामीसँग रगत जम्मा हुँदैन । त्यसैले धेरै भन्दा धेरैलाई रगत दिन प्रेरित गर्नुपर्छ । रगत दान गर्दा केही हुँदैन बरु स्वास्थ्यका लागि राम्रै हुन्छ।’    

त्यस्तै १८ वर्ष पूरा भएका हरेक नागरिकलाई प्रत्येक ३ / ३ महिनामा रक्तदान गर्न पनि आग्रह गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार