कञ्चनपुरमा चितुवा नभेटिएपछि हात्ती र प्राविधिक भए फिर्ता

धनगढी : कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेलामा देखिएको चितुवा तीन दिनसम्म फेला नपरेपछि हात्ती र प्राविधिकहरु फिर्ता भएका हुन्। ‘सुरुको दिन चितुवा देखियो, त्यसपछि दोस्रो दिन देखिएन,’ डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले भने, ‘अब चितुवा आफ्नै वासस्थानमा फर्केको अनुमान गरेका छौं।’ त्यहि भएर अब हात्ती र प्राविधिक सबै फिर्ता भएका छन्।

शनिवार बिहान चितुवा देखिएपछि नियन्त्रणमा लिनका लागि तीनवटा खोर राखिएका थिए। खोरभित्र बाख्राका पाठा पनि राखिएका थिए। तर चितुवा खोरभित्र पसेन। सुरुको दिनमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट २ हात्ती परिचालन गरिएका थिए। दोस्रो दिन २ हात्ती थपेर ४ वटा परिचालन गरिएको थियो। तेस्रो दिनसम्म पनि खोजी गर्दा नभेटिएपछि सबै टोली फिर्ता भएको छ।

SHIKHAR COOL TECH

धान खेतमा राखिएका खोर पनि लगिएको कँडेलले बताए। चितुवा नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालय सँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्राविधिकहरु खटिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार