ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी

काठमाडौँ : ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ। ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उनका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो। साथै ३० जना नगर प्रहरी पनि घटनास्थलमा रहेका छन्। अमिरमान बज्राचार्यको तीनतले घरमा आगलागी भएको छ । दुई तलाको आगलागी पूर्णरूपमा नियन्त्रणमा आइसकेको र माथिल्लो एक तलाको आगो पनि नियन्त्रणमा ल्याउने क्रममा रहेको हाछेथुले बताए ‌।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार