चार प्रतिशत पुग्यो मङ्कीपक्स सङ्क्रमणको मृत्युदर

काठमाण्डौ : मङ्कीपक्स सङ्क्रमणको मृत्युदर चार प्रतिशत पुगेको छ । पछिल्ला केही हप्तादेखि तीव्र गतिमा फैलिरहेको र मृत्युदर उच्च भएको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वव्यापी समस्या बन्न सक्ने चेतवानी दिएको छ । मङ्कीपक्सलाई लिएर बुधवार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको डब्ल्यूएचओले विश्वव्यापी समस्याको चेतावनी दिएको हो ।

यस अघि महामारीका रुपमा फैलिएको कोभिड-१९ को मृत्युदर एक प्रतिशत भन्दा पनि कम रहेकोमा मङ्कीपक्सको चार प्रतिशत भन्दा धेरै हुनु समस्यापूर्ण रहेको डब्ल्यूएचओको भनाइ छ । अफ्रिकामा एक हप्तामै एक हजार दुई सय जनामा मङ्कीपक्स सङ्क्रमण प्रमाणित भएको छ ।

Dengue

योसँगै सन् २०२४ को जनवरीदेखि अफ्रिकामा कुल १८ हजार सात सय ३७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले जनाएको छ । अफ्रिका बाहिर स्विडेन र पाकिस्तानमा पनि यस हप्ता मङ्कीपक्स सङ्क्रमण फेला परेको छ । मङ्कीपक्स सङ्क्रमणको फैलने क्रम तीव्र बनेपछि डब्ल्यूएचओको आपत्कालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।

मङ्कीपक्स संक्रमितले अर्को व्यक्तिलाई छुँदा पनि सर्न सक्छ । मङ्कीपक्सको कुनै निश्चित औषधि छैन । लक्षणअनुसार उपचार गर्ने गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार