परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै !

काठमाडौं : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले आज उच्च्स्तरीय भेटवार्ता गर्दैछिन् । परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । यस्तै मन्त्री राणाले आजै भारतीय समकक्षी डा. एस जयशंकरसँग पनि भेटवार्ता गर्दैछिन् ,

मन्त्री राणा भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा हिजो नयाँदिल्ली पुगेकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

Dengue

आज समकक्षी जयशंकरसँग द्विपक्षीय वार्तापछि साँझ साढे सातबजे भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम उनी दिल्ली पुगेपछि तय भएको हो । भेटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश र नेपाल भ्रमणको निमन्त्रणापत्र मोदीलाई हस्तान्तरण गर्नेछिन् ।

मन्त्री राणाले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग पनि भेटवार्ता गर्नेछिन् । भेटमा मन्त्री राणाले उनलाई राखी बाँधिदिने कार्यक्रम पनि छ । आज उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेपछि भोलि उनले स्वास्थ्य जाँच गराउने छिन् । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख ढुंगाना, दिल्लीस्थित कार्यबाहक राजदूत डा. सुरेन्द्र थापा र राजनीतिक काउन्सिलर दुरपदा सापकोटा सहभागी हुनेछछन् । प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरसँगको भेटमा यो प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले हिजो बेलुकी नेपाली दूतावासमा रात्रिभोज आयोजना गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार