देशका धेरैजसो ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ : आज दिउँसो देशभर बदली भएर सबै प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुनी प्रणालीको प्रभावका कारण अहिले पनि देशका सबैजसो ठाउँमा आंशिकदेखि पूर्ण बदली रहेको र दिउँसो पनि धेरैजसो ठाउँमा मौसम नखुल्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ ।

दिउँसो मधेश प्रदेशमा तुलनात्मक रुपमा पानी कम पर्ने र बाँकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै भरे राति भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा र धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

Dengue

पछिल्लो एक घण्टामा उदयपुर, सिन्धुली, भक्तपुरसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा देशभर सामान्य वर्षा भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार