सयौंको रोजगारीको थलो बन्दै धनगढीको सूक्ष्म वर्गीकरण केन्द्र

अनिता धामी

धनगढी । धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको सूक्ष्म वर्गीकरण केन्द्र सयौँको रोजगारीको थलो बनेको छ । 

फोहोरको दिगो व्यवस्थापनका लागि भन्दै नन्दादेवी सेवा केन्द्र र धनगढी उपमहानगरपालिकाको साझेदारीमा सञ्चालित उक्त केन्द्र रोजगारीको थलोको रुपमा स्थापित भएको हो ।

Dengue

स्वदेशमा काम गर्न केही भएन भनेर दैनिक सयौँ युवा विदेशिरहेका बेला सूक्ष्म वर्गीकरण केन्द्रले भने सयौँलाई रोजगारी दिएको छ । 

हाल उक्त केन्द्रमा १०० जनाको हाराहारीमा नागरिकरले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । जसमध्ये १९ जना फोहोर संकलन गाडी चालक, १९ जना सहयोगी रहेका छन् भने बाँकी कर्मचारी ग्याँस प्लान्ट र सूक्ष्म वर्गीकरण केन्द्रमा काम गरिरहेका छन् ।

हाल निश्चित क्षेत्रमा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रलाई बृहत रुपमा विकसित गर्नसके स्थानीय तहको आम्दानीमा वृद्धि हुनुका साथै रोजगारीको प्रशस्तै अवसर पनि सृजना हुने र धनगढी सफा र सुन्दर हुनेमा नागरिकहरुको विश्वास गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार