बाजुराको गुइगाड खोलामाथिको पुलको जीर्ण अवस्थामा

बाजुरा : बाजुराको गुइगाड खोलामाथिको पुल जीर्ण बनेको छ । साँफे–मार्तडी सडकखण्डमा पर्ने उक्त पुल हस्तान्तरण नहुँदै जीर्ण बनेको हो । उक्त पुल १४ अघि निर्माण सुरु गरिएको थियो ।

अलिहे ट्रसले बनेको उक्त जीर्ण पुलमाथि नै जोखिम मोल्दै यातायात सञ्चालन भइरहेका छन । पुल जोखिमपूर्ण भएपछि सडक डिभिजन कार्यालय साँफेबगर अछामले ‘एक पटकमा एउटा मात्र गाडी’ भनेर होडिङ बोर्ड राखेको छ ।

Dengue

२०६८ असारमा सडक डिभिजन कार्यालय साँफेबगर अछामसँग राजेन्द्र थिगिन जेभीले २०७० साउन ३० भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । कम्पनीले ५ करोड ९६ लाख १ सय १२ रुपैयाँ ठेक्का सम्झौता गरी कामको जिम्मा लिएको थियो ।

निर्माणको जिम्मा पाएको कम्पनीले तोकिएको समयमा काम नसकेपछि २०७१ असार मसान्तसम्म म्याद थपिएको थियो । थप गरिएको समयमा समेत निर्माण कम्पनीले काम नसकेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले बताएको छ ।

सडक डिभिजन कार्यालय साफेबगर अछामका प्रमुख रमेश चौधरीले निर्माण कम्पनीले अझै काम पूरा नगरेको बताए । आफू्ले निर्माण कम्पनीलाई पुलको आवश्यक मर्मत गरेर हस्तान्तण गर्न धेरै पटक पत्राचार गरेको भएपनि अटेर गरेको सुनाए । सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार