सेयर बजार ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा कायम

काठमाडौँ : साताको पहिलो कारोबार दिन सेयर बजार ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा नौ वटा उपसूचक राताम्मै भएको छ ।

Dengue

उक्त दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मल्टिप्रपोज फाइनान्स, सम्पदा लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

घटेको बजारमा चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने  कम्पनी

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८२ करोड १४ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अपी पावर कम्पनीको ७८ करोड ७६ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन कुमारी बैंकको ६५ करोड ९३ लाख ८९ हजार रुपैयाँ, एचआइडिसीएलको ५२ करोड ९३ लाख ९६ हजार रुपैयाँ र ङादी ग्रुप पावरको ५२ करोड २८ ला ५४ हजार रुपैयाँको कारोबार भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार