भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द

एजेन्सी : भारतका अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द भएका छन् । कोलकताको आरजी कर अस्पतालमा एक जना प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सा संघ आइएमएले आज भारतभरका सबै अस्पतालमा ओपीडी र शल्यक्रिया सेवा बन्द गराएको हो ।

२४ घण्टाका लागि सबै अस्पतालहरुमा ओपीडी र शल्यक्रिया सेवा बन्द रहने आइएमएलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको बुधवार कोलकातामा एक जना प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार गरेर हत्या भएपछि अहिले देशभर आन्दोलन चर्किएको छ ।

Dengue

डाक्टर मारिएको आरजी कर अस्पतालमा प्रदर्शनकारीले तोडफोड गर्ने जोखिम बढेपछि स्थानीय सरकारले निषेधाज्ञा लगाएको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच भारतीय स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाको बिषयमा अध्ययन गरी सुझाव दिन एक समिति गठन गर्ने आश्वासन दिएको छ । डाक्टरको आन्दोलनका कारण भारतको स्वास्थ्य सेवा प्रभावित भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार