झापामा हावाहुरीले कारण ठूलो क्षति

झापा : गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ ।

क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए । उनका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षतिसमेत पुगेको छ ।

dashain shuvakamana
Discovery School

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१(०२३च ५०९३ नं को कारमा क्षति भएको उनले जानकारी दिए ।  कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उनको भनाइ छ । हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार