चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ : रोल्पाको रोल्पा नगरपालिका – २ मूलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ४ बजेतिर खसेको पहिरोमा परी अर्की एक किशोरी घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परी रोल्पा नगरपालिका – १० धाङ्सी घर भई सोही चर्चमा बस्दै आएका धनजित बुढामगरको मृत्यु भएको हो । पहिरोमा परी सुनछहरी गाउँपालिका – ३ मौलावन घर भई हाल सोही चर्चमा बस्दै आएकी १८ वर्षीया नौभा घर्तीमगर घाइते भएकी छिन् ।

Dengue

चर्चामा १० जना बस्दै आएका थिए । अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार