गौरा पर्वको अवसरमा धनगढीमा ‘गौरा महोत्सव’ हुँदै

अनिता धामी

कैलाली । कैलालीमा गौरा पर्वको अवसरमा नवौं संस्करणको सुदूरपश्चिम गौरा महोत्सब आयोजना हुने भएको छ । देउडा प्रतिष्ठान केन्द्रीय कार्यसमिति र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा महोत्सब आयोजना हुन लागेको हो ।

महोत्सबमा विगतका वर्षझैँ देउडा प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने देउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिका अध्यक्ष दलबहादुर बोगटीले बताएका छन् । बोगटीका अनुसार महोत्सब धनगढी-१ पुरानो एयरपोर्टमा रहेको खुल्ला मन्चमा तीन दिन (भदौ ८, ९ र १० गते ) चल्नेछ ।

Dengue

त्यस्तै महोत्सबमा सुदूरपश्चिम प्रदेशका चर्चित कलाकारहरुसमेत प्रस्तुति संगै विद्यालय स्तरिय देउडा प्रतियोगितासमेत हुनेछ । योसंगै महोत्सबमा नौवटै जिल्लाका झाँकी, बालप्रतिभा प्रवर्धनका लागि विभिन्न कार्यक्रम तथा लोकबाजा संरक्षणका लागि लोकबाजाहरूको प्रदर्शनी कार्यक्रमसमेत गरिने बोगटीले बताएका छन् ।

पछिल्लो समय बदलिँदो परिवेश र बिकसित पश्चिमाकरणको प्रभावस्वरुप हराउँदै गएको संस्कृति र लोप हुँदै गएको सभ्यतालाई जोगाउनुका साथै कला र संस्कृतिको संरक्षण, सम्बर्धन र विस्तार तथा नयाँ पुस्ताहरूलाई आबद्ध गराउने उद्देश्यले देउडा महोत्सव आयोजना गर्न लागिएको देउडा प्रतिष्ठान केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष प्रेम विवश चन्दले बताएका छन् । साथै सुदूरपश्चिमको कला, संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि आयोजना गरिने महोत्सवमा सबैलाई सहभागी हुन पनि उनले आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार