भाद्र १ गते गीताज्ञान अभियानको पहिलो वडा समिति घोषणा

धनगढी : गीताज्ञान अभियानको पहिलो वडा समिति घोषणा लमजुङ जिल्ला, बेसीसहर नगर पालिका, वडा नं ११, चितिमा जिवनका लागि गीता ज्ञान अभियानको वडा समिति घोषणा गरिएको छ। यस अभियानको यो नै पहिलो वडा संयोजन समिति हो, भने हाल सम्म यस अभियानको ४ प्रदेश स्तरको र एक अन्तराष्ट्रिय संयोजन समितिको पनि घोषणा भै सकेको छ।

२०८१ भाद्र १ गते चितीमा रहेको जेष्ठ नागरिक समाजको कार्यालयमा उपस्थित अभियन्ताहरुको भेलाले उक्त समिति घोषणा गरेको हो। उक्त कार्यक्रमको सभापति जेष्ठ नागरिक समाजका अध्यक्ष श्री रुद्र निधि तिवारीले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा वडा अध्यक्ष श्री शिव प्रसाद जोशी हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन श्री ध्रुबाशाली पन्तले गर्नुभएको थियो भने प्रमुख अतिथि तथा वडा अध्यक्ष श्री शिव प्रसाद जोशीले बधाई ज्ञापन गर्नु भयो।

Dengue

त्यसै गरी, अतिथी श्री नेत्र केसि र श्री कमल नाथ अधिकारीले अभियानको बारेमा प्रकाश पार्नु भएको थियो। सभा अध्यक्ष तिवारीले अभियन्ताहरुको घोषणा गरे पश्चात, संयोजक श्री बाबुराम पाण्डे “सागर ” ले यस अभियानको औचित्य र आगामी गतिविधि बारे जानकारी गराउनु भयो।

उक्त भेलाले निम्न अनुसारको संयोजन समिति घोषणा गरेको छ: संयोजक: श्री बाबु राम पाण्डे “सागर” सह संयोजक: १. श्री खडानन्द पन्त २. श्री सोबिता रेग्मी ३. श्री शुवा निधि पाण्डे ४. श्री हरि कृष्ण तिवारी सल्लाहकारहरु: १. श्री रुद्र निधि तिवारी २. श्री शभु शाली पन्त ३. श्री भव दत्त कमली अभियन्ताहरु: १. श्री राम कृष्ण पन्त २. श्री राम राज पन्त ३. श्री बासु देव पन्त ४. श्री शंकर राज विष्ट ॐ तत् सत्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार