धनगढीः कैलालीमा ९० हजार चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ। साउन २३ देखि ३१ गतेसम्म खोप साप्ताहिकमा जिल्लाका ९० हजार चौपायालाई खोप लगाइएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीले कैलालीका १३ पालिकामा १० हजार डोजका दरले खोप वितरण गरेको छ। यो पटक जिल्लाका एक लाख ५० हजार चौपायाका लागि खोप मौज्दात छ।
सरकारले सन् २०३० सम्म खोरेत उन्मुलन गर्ने लक्ष्य राखेकाले हरेक ६ महिनामा चौपायालाई खोरेत विरुद्धको खोप लगाइने भएको छ। कैलालीमा साउन २३ देखि ३१ गतेसम्म ९० हजार पशु चौपायालाई खोरेत विरुद्धको खोप लगाइएको छ। खोप सप्ताह घोषणा गर्दै जिल्लाका १३ वटै पालिकामा खोरेत विरुद्धको खोप अभियान चलाइएको हो।
प्रतिक्रिया दिनुहोस्