कोटीहोम सकिएकै दिन पशुपतिमा तनाव सिर्जना

काठमाडौँ : साउन महिनाभर भएको पशुपतिको कोटीहोम सकिएकै दिन तनाव सिर्जना भएको छ । कोटीहोम सकिएको दिन साधा पोशाकमा प्रहरी आएर कोटीहोम आयोजक विजयकृष्णमुक्तिलाई पक्राउ गर्न खोजेको भन्दै उनका समर्थकले प्रतिकार गरेका छन् । स्वयम् विजयकृष्णमुर्तिले सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै सबै भक्तजनलाई पशुपतिमा आउन र प्रहरीको प्रतिकार गर्न आव्हान गरेका छन् ।

उनले पशुपति क्षेत्र अब रणमैदान भएको, नेपालमा पनि बंगलादेशको जस्तै विद्रोह सुरु भएको जस्ता भड्काउपूर्ण अभिव्यक्ति दिएका छन् । अहिले सो स्थानमा तनाव भइरहेको छ । उनको फेसबुक लाइभमा उनका समर्थकले अपशब्द बोलेका जस्तो पनि सुनिन्छ भने स्वयम् विजयकृष्णमुर्तिले चोर जस्ता शब्द प्रयोग गरेका छन् ।

Dengue

सो स्थानमा सादा पोशाकमा नेपाल प्रहरीका केही अधिकारी पुगेको काठमाडौँ प्रहरीका एसएसपी वसन्त रजौरेले बताए । विजय केष्णमुर्तिसँग केही सोधपुछ गर्नुपर्ने भएकोले साधा पोशाकमा प्रहरी पुगेको उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार