हैजाको जोखिम बढ्दै : खानेपानीको नमूना सङ्कलन

बैतडी : बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ । 

देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ । विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताउनुभयो । 

Dengue

जिल्लाको दोगडाकेदारमा  रहेको नवयुग सहकारी संस्थाले उत्पादन गरिरहेको दोगडाकेदार ब्राण्डको खानेपानी उद्योगमै पुगेर नमूना सङ्कलन गरिएको हो । यसका साथै जिल्लामा बिक्रीका लागि विभिन्न ठाउँबाट आयात गरिएका खानेपानीको नमूना सङ्कलन गरिएको जनाएको छ ।  

दार्चुलाको मार्मा गाउँपालिकामा उद्योग रहेको अपि स्प्रीन खानेपानी, निजी खानेपानी र लिप ब्राण्डको खानेपानीको नमूना सङ्कलन गरिएको प्रमुख कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि हामीले पनि पानीको नमूना सङ्कलन गरेका हौँ । सङ्कलित नमूना परीक्षणका लागि क्षेत्रीय प्रयोगशाला धनगढी पठाउछौँ ।”

यसैबीच चाडपर्व नजिकिएसँगै जिल्लामा बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न ठाउँमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । 

सदरमुकामस्थित गढी र गोठलापानीमा बजार अनुगमन गरिएको हो । गढीमा १३ वटा पसल र गोठलापानीमा ४२ वटा पसलमा अनुगमन गरिएको छ । पसलमा अनुगमन गर्दा रु दुई हजार चार सय ५० बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार